नेपाल ल्युबको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सभा कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि भोलि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन् । 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज २८ गते वार्षिक साधारणसभा आयोजना गर्नेछ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया