सबैभन्दा पहिले लाभांश घोषणा गरेको सिटिजन्स बैंक बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंकले कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंक लाभांश घोषणा गर्ने र साधारण सभा बोलाउनेमा पहिलो हो ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिले लाभांश घोषणा गरेको सो बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश पारित गरी वितरण गर्ने उदेश्यका साथ तिहार अघि नै साधारण सभा बोलाएको हो ।

बैंकले गत आव २०७८/७९ बाट चुक्ता पुँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्स बैंकको असोज ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो ।

गत वर्षको नाफाबाट हालसम्म अन्य वाणिज्य बैंकले गत आवबाट लाभांश घोषणा गरेका छैनन् । लगानी समुहमा सूचीकृत इन्फ्रास्टक्चर बैंकले भने ४.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सभामा बैंकले सेयर संरचना मिलाउने प्रस्ताव पनि लैजाँदैछ । सिर्जना फाइनान्स तथा तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्तीका बखत सेयर संरचनामा दशमलव पछिका केही अंक मिलाउनुपर्ने भएकाले बैंकले सो एजेण्डा पनि सभामा लैजाँदैछ ।

यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको एकीकृत वासलात र नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह स्वकीृत गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया