काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ स्थित २६२औँ शाखा कार्यालय मुसीकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुंगाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाट्न गरेका हुन् ।
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुंगानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यअनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको उल्लेख गर्दै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजनाबमोजिम शाखा विस्तार गरी आमनागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।
उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको थियो ।
प्रतिक्रिया