काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरीको इटहरी चोकमा आफ्नो १८औँ शाखा सञ्चालनमा ल्याएको छ ।
इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैंकिङ कारोबार शुभारम्भ गरिएको फाइनान्सले जनाएको छ ।
उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगीलगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति थियो ।
फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति हुने योजना रहेको जनाएको छ ।
यसका साथै आउँदा दिनहरुमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र मागबमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ ।
प्रतिक्रिया