काठमाडौं - दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ ।
मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भी २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भी २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो ।
प्रतिक्रिया