काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था Round Table International 2022-23 को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।
Round Table International १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो ।
प्रतिक्रिया