काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक ले आफ्ना ग्राहकलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।
सम्झौतामार्फत बैंकको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा बैंकको भिसा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटीएम सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया