काठमाडौं - भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक श्री खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरे ।
हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रुपैयाँ, जारी पूँजी रु. ४३ करोड रुपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रुपैयाँ रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट (UMHPP) विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको हो ।
यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।
प्रतिक्रिया