दुई दिनमा केही सकरात्मक देखियो शेयर बजार, कारोबार रकम भने घट्यो

३ बर्ष अगाडि

काठमाडौं, निरन्तर ओरालो लाग्दै आएको शेयर बजार दुई दिनमा भने सकारात्मक देखिएको छ । मंगलबार १५.९२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्व (नेप्से) सूचकले बुधबार पनि ६.४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेको छ । 

पछिल्लो दुई कारोबार दिनमा मात्रै २२.३३ अंकले बढेर नेप्से सूचक सोहि विन्दुमा पुगेको हो । यस अघि नेप्से सूचक १८०० विन्दु नजिक झरेको थियो ।

यस दिन २२१ कम्पनीका १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच भएर ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको छ । यो मंगलबारको तुलनामा १७ करोड ७६ लाख रुपैयाँ भन्दा कम हो । मंगलबार ६६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

यस दिन कारोबार आएका १३ वटा उपसमुहमध्ये ९ उपसमुहको सूचक सकारात्मक बनेका छन् भने ४ उपसमुहको सूचक भने नकारात्मक भएका छन् । माइक्रोफाइनान्स उपसमुहको सूचक सर्वधिक ०.९६ प्रतिशतले बढ्दा म्युचुअल फण्ड उपसमुहको सुचक सबै भन्दा धेरै ०.४३ प्रतिशतले घटेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेको शेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। मन्दाकिनीको शेयरमूल्य ९.२० प्रतिशतले बढ्दा अभियान लघुवित्तको शेयरमूल्य पनि ८.१९ प्रतिशतले बढेको छ । यता राप्ती हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबै भन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर शिर्ष स्थानमा रहेको छ । नेशनल माइक्रोफाइनान्सको ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । यस्तै नबिल बैंकको पनि २ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया