भोलिसम्म कायम शेयरधनीले मात्र नेपाल ल्यूब आयलको लाभांश पाउने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।

 कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १४ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने छ । त्यसकारण भोलिसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । ललितपुर, पुल्चोकस्थित याक प्यालेसमा उक्त दिन बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया