कामना सेवा विकास बैंकको कार्डमा ई-कमर्स सुविधा समावेश

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स सुविधा समावेश गरेको छ । 

कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाइनमार्फत सामान खरिद गरी आफ्नो ई–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले यही असोज १० गते सोमबारदेखि यो सुविधा लागू गरेको हो ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्डमार्फत यो सुविधा लिन  आफ्नो नजिकैको शाखामा गई सजिलै ई–कमर्स सुविधा सुचारु गराउन सक्नेछन् । 

यसका साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा ई–कमर्स सक्रिय कार्डमार्फत सस्तोडिलमा अनलाइन किनमेल गर्दा २० प्रतिशत वा रु.  २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । यसका साथै आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया