आजबाट बिक्रीमा आयो सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता बढी सेयर

३ बर्ष अगाडि

काठमाडौं - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता बढी सेयर आजबाट बिक्रीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५६ हजार १४ कित्ता सेयर बिक्रीमा राखिएको हो । 

यसअघि संस्थाका ७ जना संस्थापक सेयरधनीहरुको यो सेयर संस्थापक सेयरधनीहरुलाई नै बिक्री खुला गरिएको थियो । तर संस्थापक सेयरधनीहरुले खरिद नगरेपछि अहिले इच्छुक अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । 

यो सेयरमा ३५ दिनभित्र खरिद आवेदन दिन सकिने संस्थाले जनाएको छ । यसका लागि इच्छुक लगानीकर्ताले संस्थाको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौं नागपोखरीस्थित कार्यालयमा निवेदन दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया