आशा लघुवित्तको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले गत असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ । यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया