काठमाडौं - मलेसियाले तत्काल श्रीलंकाबाट दश हजार कामदार लैजाने भएको छ ।
मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्थामा सुधारका लागि सहयोग पुर्याउन उक्त मुलुकबाट दश हजार कामदार लैजाने निर्णय गरेकोे बताएको छ ।
मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले श्रीलंका सरकारको औपचारिक आग्रह अनुसार उक्त निर्णय गरिएको बताएका छन् ।
उनले उद्योग प्रतिष्ठान तथा रोजगारदाताहरूले मलेसिया सरकारको निर्णयलाई सम्मान गर्दै आफ्नोतर्फबाट हुने विदेशी कामदार आपूर्तिमा श्रीलंकाका कामदारलाई मौका दिन आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया