काठमाडौं - एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरु प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबि बैंकले असोज १० देखि बडादसैँमा बडा डिजिटल धमाका सुरु गरेको हो । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २ हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्नेछन् ।
डेबिट कार्डः एनएमबि बैंकको ग्राहकले डेबिट कार्डबाट ई–कमर्स वा पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् । क्रेडिट कार्डः एनएमबि बैंकको ग्राहकले क्रेडिट कार्ड बाट ई–कमर्स वा पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक पाउनेछन् ।
ईएनएमबि एपः एनएमबि बैंकको ग्राहकले ईएनएमबि एपबाट एनटीसी वा एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यसका साथै ईएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा रु.२०० सम्मको क्यासब्याक पाउनेछन् ।
एनएमबिका ग्राहकले निम्न छुट र क्यासब्याक सुविधा तल उल्लेखित व्यापारिक स्थानमा प्राप्त गर्न सक्नेछन् :

एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भइसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया