साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा सुधार देखिएको छ । बैंकहरुको ब्याजदर घटाउने विषयले आज शेयर बजारमा केही सुधार देखिएको हो ।
आज कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १५.९२ अंकले बढेर १८३१.०५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज २१ लाख ७ हजार ७४२ कित्ता शेयर खरिदबिक्री हुदाँ ६६ करोड ३० लाख १३ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ । अघिल्ला दिनहरुमा शेयरबजार घटेसँगै लगानीकर्ताहरुको उत्साह घट्न पुगेकाले आज पुँजीबजारमा कारोबार ६६ करोडमा खुम्चिन पुगेको हो ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक रिडी हाइड्रोपावरको २ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शेयर बजारमा हरियाली छाएसंगै आज सामुदायिक लघुवित्तको शेयर सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
त्यस्तै, अभियान लघुवित्तको ६.७, अप्पर हेवाखोला हाइड्रोपावरको ६, हिमालयन पावरको ५.९९ र माउन्टेन इनर्जी नेपालको ५.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया