रिडी हाइड्रोपावरसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा सुधार देखिएको छ । बैंकहरुको ब्याजदर घटाउने विषयले आज शेयर बजारमा केही सुधार देखिएको हो ।  

आज कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १५.९२ अंकले बढेर १८३१.०५ को विन्दुमा कायम हुन पुगेको छ । 

आज २१ लाख ७ हजार ७४२ कित्ता शेयर खरिदबिक्री हुदाँ ६६ करोड ३० लाख १३ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ । अघिल्ला दिनहरुमा शेयरबजार घटेसँगै लगानीकर्ताहरुको उत्साह घट्न पुगेकाले आज पुँजीबजारमा कारोबार ६६ करोडमा खुम्चिन पुगेको हो ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक रिडी हाइड्रोपावरको २ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, नबिल बैंकको २ करोड ६१ लाख, सामलिङ पावरको २ करोड २६ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख र हिमालयन डिस्टिलरीको १ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


३ बर्ष अगाडि

प्रतिक्रिया