काठमाडौं- असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ। असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो।
असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२१ प्रतिशत रहेको छ।
प्रतिक्रिया