काठमाडौं- आईपीओ निष्कासनको अनुमति माग्दै तीन कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
मोदी इर्नजी लिमिटेड, सोनापुर मिनिरलस् एण्ड आयल लिमिटेड र मेन्छीयाम हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
मोदी इर्नजीले भदौ ३१ गते ७२ करोड ५० करोड रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
सोनापुर मिनिरलस् एण्ड आयल लिमिटेडले पनि असोज ४ गते १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै, मेन्छीयाम हाइड्रोपावरले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्याटिल रहेको छ ।
प्रतिक्रिया