कुमारी बैंक र एनसीसी बैंकको दोस्रो बजारमा  शेयर कारोबार रोक्का

३ बर्ष अगाडि

काठमाडौं-  कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका छन । मर्जर सम्झैता भएसँगै दुबै बैंकको दोस्रो बजारमा कारोबार रोक्क भएको छ ।

दुबै बैंकले असोज १० गते दिनको १ बजे सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन । सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्ने बताईएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन् ।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार मर्जर प्रकृया अघि बढेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया