सानिमा माईको बुकक्लोज भोलि, लाभाशं पारितका लागि कहिले हुदैँछ साधारण सभा ?

३ बर्ष अगाडि

काठमाडौं, सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि कम्पनीले बुधबार बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन्।

कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। आजसम्म कायम शेयरधनीले सो लाभांश प्राप्त गर्ने छन्।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया