दैनिक नयाँ रेकर्ड बनाउँदै डलरको मूल्य,मंगलबार पनि नयाँ उचाइमा

३ बर्ष अगाडि

काठमाडौं, अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको मूल्य मंगलबार पनि नयाँ उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ९० पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३० रुपैयाँ ९० पैसा खर्च गर्नु पर्ने भएको छ।

आइतबार अमेरिकी डलरको मूल्य  १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो। 

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। मंगलबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया