इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँड

३ बर्ष अगाडि

काठमाडौं - इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ आज बाँडफाँड भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि कम्पनीले गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेकोमा ५ लाख ६९ हजार ६९० कित्ताका लागि मात्रै आवेदन परेको थियो ।

जसमा रीतपुर्वक आवेदन गर्ने आवेदकलाई ५ लाख ५९ हजार ६९० कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया