तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक : सेबोन

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको स्पष्ट पारेको छ । 

सेबोनले एक विज्ञप्ति जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा सेबोनबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको हो । ‘यससम्बन्धमा सेबोनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । 

धितोपत्र कारोबार भएपश्चात उपलब्ध हुने तथ्यांक तथा जानकारी दिनेसम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यविधि बनाई लागू गर्न सक्ने सेबोनले जनाएको छ । ‘नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोबार भएपश्चातको तथ्यांक तथा जानकारी उपलब्ध गराएबापत कुनै शुल्क लिने व्यवस्था भएमा सेबोनबाट स्वीकृति लिएरमात्र लिन पाइन्छ’, विज्ञप्तिमा भनिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया