काठमाडौं - आरविवि मर्चेन्ट बैंकिङले सातौ वार्षिक साधारण सभा डाकेको छ । मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजन सहित ७.५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
सभा असोज ३१ गते अपरान्ह ४ बजे राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरवार प्लाजामा हुने भएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सहित सभाको प्रस्ताव गरेको हो ।
साथै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।
त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात र २०७८ साउन एक गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव छ ।
सभाले चालु आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरीक्षकको नियुक्त गर्नेछ ।
प्रतिक्रिया