काठमाडौं - एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै असोज ९ गतेबाट एनआईबिएल प्रगति फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी गराएको हो । गत आर्थिक वर्षका लागि यो योजनाका इकाइधनीहरुलाई करसहित ४।२ प्रतिशत नगद प्रतिफलबापतको रकम जम्मा गरिएको हो ।
हालसम्म आफ्नो डिम्याट अकाउन्टमा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई यथाशीघ्र अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।
त्यस्तै इकाइ धितो राखी कर्जा सुविधा उपभोग गरेका इकाइधनीहरुको प्रतिफल सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले स्पट पारेको छ ।
प्रतिक्रिया