कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षक छुट दिने

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । 

यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा रु। १०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यसका साथै फोनपेबाट क्यूआर, आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै, फोनपे क्यूआरबाट भुक्तानी गर्दा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् ।

ग्राहकले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभल च्यालेन्स एसेप्ट गर्नुपर्दछ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया