काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३.८३ अंकले घटेर १८१५.१३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबारमा आएका २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक लक्ष्मी बैंकको सर्वाधिक २६ करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली पावरको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया