काठमाडौं - बीमा क्षेत्रकी एक मात्र त्यसमा पनि पहिलो महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पदबाट राजिनामा दिएकी छिन् ।
पौडेल २०७८ बैशाखामा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । तर उनले १७ महिना मात्रै काम गरेर बाहिरिएकी छिन् । उनले आफ्नो आन्तरिक कारण देखाउदै राजिनामा दिएकी हुन् ।
३५ वर्षकी उपासना बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत, एक मात्रै महिला प्रमुख कार्यकारी अधिकृत र सबैभन्दा कान्छी प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
प्रतिक्रिया