काइली जेनर संसारकै महंगी सेलेव्रिटी, चौंथो स्थानमा मेस्सी

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलेव्रिटी बनेकी छन् । उनी सूचिको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर छ ।

प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिव्रिटीमा फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिव्रिटीको सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ ।

अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोब्र्सको तेस्रो स्थानमा अमेरिकी र्‍यापर र फेसन डिजाइनर केनी वेस्ट छन् ।

सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् । चौंथोमा १२७ मिलियन डलरसहित अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सी छन् । पाँचौंमा ११०.३ मिलियन डलरसहित गायक एड सिरन छन् ।

पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् । अमेरिकी रक ब्यान्ड एगल्सले १०१ मिलियन डलरसहित आठौं स्थान सुरक्षित गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया