सिद्धार्थ बैंकको डेबिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक पाइने

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले असोज ८ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत ग्राहकले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २००) क्यास ब्याक पाउन सक्नेछन् ।

(विस्तृत जानकारी तथा सर्तहरु बैंकको वेबसाइट https://www.siddharthabank.com/others/dashain-ko-bahar-cashback-upahar मा प्राप्त गर्न सकिनेछ।)

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागू गर्दै जाने बैंकको योजना रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया