अभियान लघुवित्तको आईपीओ आजबाट कारोबारमा आउने

३ बर्ष अगाडि

काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । 

अभियान लघुवित्त र नेपाल स्टक एक्सचेन्ज ९नेप्से०बीच असोज ७ गते आईपीओ सूचीकरण सम्झौता भएको छ । यस्तो सम्झौता भएको दोस्रो दिनबाट कुनै पनि कम्पनी सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ । 

तर, हिजो शनिबार परेकोले आजबाट लघुवित्तको सेयर कारोबारमा आउनेछ । नेप्सेमा अभियान लघुवित्तको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको छ । 

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ । 

आज स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया