काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्सले शनिबार पाँचौं वार्षिकोत्सव मनाएको छ ।
पछिल्लो समयमा सूर्या लाईफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको प्रगतीमा स्थापनाकालदेखि नै सहयोग पुर्याएका अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक, संचारकर्मी लगायतमा हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा प्राथमिक शेयर जारी गरेको पहिलो वर्षमै १० प्रतिशत बोनश शेयर वितरण गर्न सफलता मिलेकोमा उपलब्धि मानेको छ ।
साथै कूल लगानी १० अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँको जीवन बीमा कोष स्थापना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संचालनको चौथो वर्षमा ३ अर्ब ८० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।
प्रतिक्रिया