एक आईपीओ र एक ऋणपत्र नेप्सेमा सूचिकृत, कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा योसाता दुई कम्पनीको शेयर सूचिकृत भएको छ ।अभियान लघुवित्तको आईपीओ र एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो  । 

अभियान लघुवित्त
नेप्सेमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । 

जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता ९६१ प्रतिशत० र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता ९३९ प्रतिशत० सेयर सूचीकृत भएको हो । 

यो सँगै आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ । 

आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंकको ऋणपत्र  नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो । 

यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ । एभरेष्ट बैंकको यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया