आँधिखोला लघुवित्तको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

३ बर्ष अगाडि

काठमाडौं - आँधिखोला लघुवित्तको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले स्याङ्जाको वालिङ स्थित होटल गाँउवेशीको सभाहलमा विशेष साधारणसभा सम्पन्न गरेको हो । 

सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।पोखरामा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्तसँग मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम वाट कारोबार हुने जनाएको छ । 

मर्जर पश्चात संस्थाको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत सिवाईसी नेपालका साविकका पदाधिकारी नै रहने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया