काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको छ । एसियन लाइफ इन्स्योरेन्स र सानिमा इक्विटी फण्डको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
एसियन लाइफ इन्स्योरेन्स
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन गरिएको छ।
नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको शेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो ।
सानिमा इक्विटी फण्ड
नेप्सेमा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ ।
फण्डले २२ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
आज शेयरबजारमा बन्द हुनुभन्दा कायम १२ रुपैयाँ ३९ पैसाका आधारमा लाभांश वितरणपछिको इकाईमुल्य १० रुपैयाँ १९ पैसा कायम गरेको छ ।
प्रतिक्रिया