एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने

३ बर्ष अगाडि

काठमाडौं - नयाँ बीमा ऐन लागु भए सँगै एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् । बीमा विधेयक राष्ट्रपतिकोमा लालमोहरका लागि पुगेको छ । राष्ट्रपतिले लालमोहर लगाउने वित्तीको ‘बीमा ऐन २०७९’ कार्यान्वयनमा आउनेछ ।

उक्त ऐनको दफा ९१ को उपदफा ५ मा ‘बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भनिएको छ । अर्थसमितिले दिएको सुझावमा पनि यस व्यवस्थालाई चलाइएको छैन ।

अहिले एउटै अभिकर्ताले एउटा भन्दा धेरै बीमा कम्पनीमा अभिकर्ताको काम गर्दै आइरहेका छन् । अझ बीमा समितिले दिने अभिकर्ताको लाइसेन्सले त सम्पुर्ण जीवन बीमा कम्पनीमा अभिकर्ताको काम गर्न पाउने व्यवस्था छ । अव बीमा समितिले दिने अभिकर्ताको लाइसेन्स पनि एउटा कम्पनीका लागि अथवा तोकिएको बीमा कम्पनीमा मात्रै काम गर्न पाउने गरि तोकिनेछ ।

बीमा समितले बाहेक अन्य कम्पनीले जारी गर्ने अभिकर्ताको इजाजतपत्रले भने सम्बन्धित कम्पनीमा मात्रै काम गर्न पाइन्छ । तर एउटा कम्पनीमा काम गर्दा गर्दै अर्को कम्पनीको अभिकर्ताको इजाजतपत्र लिएर एकै पटक धेरै वटा कम्पनीमा काम गर्न सकिने अवस्था थियो । 

अव यस्तो अभ्यासलाई नयाँ ऐनले प्रतिवन्ध लगाइदिएको छ । अव एउटा कम्पनीमा काम गरिरहेको अभिकर्ताले अर्को कम्पनीमा काम गर्न चाहेमा एउटाको इजाजतपत्र रद्द गरेर मात्रै अर्कोमा काम गर्न पाउनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया