बैंक तथा वित्तीय संस्थाहरुले सवा १ खर्ब बढी लिए तरलता सुविधा

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले असोज महिना सुुरु भएयता सवा १ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । 

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार बैंक तथा वित्तीय संस्थाले आज शुुक्रबारसम्म १ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ एसएलएफमार्फत सापटी लिएका हुन् । 

साउन र भदौ गरी दुुई महिनामा भने बैंकहरुले कुल १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका थिए । 

चालुु आर्थिक वर्षको पहिलो महिनामा मात्रै राष्ट्र बैंकबाट ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका बैंक तथा वित्तीय संस्थाहरुले भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका थिए ।

बैंकिङ प्रणालीमा तरलताको अभाव हुुँदै गएमा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन् । जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ । 

गत साउन १ गतेयता राष्ट्र बैंकले बैंकहरुलाई १७ खर्ब ९१ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ सापटी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया