काठमाडौं - नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले गहना चोर्ने र खरिद गर्ने दुबै जनालाई पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद ६० हजार बरामद गरेको छ ।
प्रतिक्रिया