काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ ।
नेप्सेले बैंकको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता अग्राधिकार शेयर सूचीकरण खारेज गरेको हो ।
असोज १३ गते पाँचौं तथा अन्तिम पटक साधारण शेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार मिति असाज ६ गतेसम्म कायम गर्न बैंकले अनुरोध गरेको थियो ।
बैंकको आग्रह अनुसार नेप्सेले ७ प्रतिशत लाभांश दरमा अग्राधिकार शेयर सूचीकरण खारेज गरेको हो ।
प्रतिक्रिया