एजेन्सी - साउदी अरेबियाले भर्खरै मदिना सहरमा सुन र तामाको ठूलो खानी भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहीबार मदिनामा सुन र तामाको खानी फेला पारेको जानकारी गराएको हो ।
साउदी भूगर्भ सर्भेक्षणले एक सामाजिक सञ्जाल पोस्टमा सुनको खानी मदिना क्षेत्रको आबा अल–राहाको सीमानामा फेला परेको जनाएको छ । साउदी अरेबियाको भूगर्भ सर्वेक्षणले मदिना सहरको आबा अल राहा क्षेत्रमा सुनको खानी फेला परेको जनाएको छ ।
अल मादिक र वादी अल फरा क्षेत्रका चार स्थानमा भने तामा खानी भेटिएको सर्वेक्षणले देखाएको छ । अल अरेबियाको रिपोर्टका अनुसार यो खानी पत्ता लागेपछि देशमा लगानी बढ्ने अपेक्षा गरिएको छ ।
जुन देशको विकासमा प्रयोग गरिनेछ । यसबाट मुलुकमा ५३ मिलियन डलरको लगानी आउनुका साथै ४ हजारभन्दा बढी नयाँ रोजगारीको अवसर प्राप्त हुने अधिकारीहरुको विश्वास छ ।
प्रतिक्रिया