अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न मिल्ने

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । 

हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

यसका साथै एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकले पनि प्लेस्टोर वा एप स्टोरमा गई एनआईसी एसिया मोबैंक एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया