निफ्राको लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । 

निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो । 

बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश ९करसमेत० वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया