कहिलेसम्म कायम इकाइधनीहरुले पाउँछन् सानिमा इक्विटी फन्डको प्रतिफल ?

३ बर्ष अगाडि

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ को प्रतिफल सुरक्षित गर्ने आज असोज ६ गते अन्तिम दिन रहेको छ । 

योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्डको प्रतिफल वितरणार्थ आउँदो असोज ९ गते एक दिन बुक कलोज गर्ने निर्णय गरेको छ । यसको मतलब आज असोज ६ गते (असोज ७ गते शुक्रबार र ८ गते शनिबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको प्रतिफल पाउन योग्य हुनेछन् । 

सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ । जसअनुसार इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । 

यो योजनाको आकार १ अर्ब ३० रुपैयाँबराबरको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया