काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्न लागेको हो ।
ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।
केन्द्रिय बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ ।
प्रतिक्रिया