काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न सबै सरोकारवाला समक्ष माग गरेको छ । महासंघले बुधबार एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
बैंक वित्तीय संस्थाहरूद्धारा असोज एक देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्पm महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ ।
८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ ।’
संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिले अवस्था आएको महासंघको भनाइ छ ।
प्रतिक्रिया