यी हुन् आज सबैभन्दा धेरै कारोबार र सर्वाधिक कमाउने कम्पनीहरू

३ बर्ष अगाडि

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १,८४८.८२ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिन भरिमा २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको २ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य २१२ रुपैयाँ रहेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका छन् ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया