दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ७२ करोड १२ लाख ५९ हजारको शेयर कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १,८४८.८२ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिन भरिमा २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । 

बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया