काठमाडौं - प्रभु बैंक लिमिटेड र पोखरास्थित क्रेभ रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र क्रेभ रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर मिलन थकालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले क्रेभ रेस्टुरेन्टद्वारा सञ्चालित फुड सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
सम्झौताअन्तर्गत क्रेभ रेस्टुरेन्टमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुने बैंकको विश्वास छ ।
प्रतिक्रिया