काठमाडौं, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले अधिकृत।कनिष्ठ अधिकृत एकजना, बरिष्ठ सहायक एक जना, सहायक दुईजना र कनिष्ठ सहायक ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।
सो पदहरुका लागि संस्थाले न्युनतम एसईई उत्तीर्णदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया